७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
भिडियो

समृद्धिको यात्रामा भाषा र कलाको महत्वपूर्ण भूमिका

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपालको नारा साकार पार्न भाषा र कलाले महत्वपूर्ण योगदान  पुर्याउने बताएका छन्। उनले देश विकासमा कला र सहित्यको भूमिका महत्वपूर्ण हुने बताए।

राजधानीमा सुरु नवौं राष्ट्रिय ललितकला प्रर्दशनीको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रर्दशनीले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।  सोहि कार्यक्रममा अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान वरिष्ठ कलाकारद्वय चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई नगद १ लाखसहित प्रदान गरिएको थियो। नेपाली कला क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने उद्देश्य लिएर सुरु भएको प्रर्दशनी २० दिनसम्म चल्नेछ।

 

प्रकाशित: २ जेष्ठ २०७६ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App