२४ श्रावण २०७७ शनिबार

राहदानी विभागका ४० कर्मचारीको कोरोना परीक्षण हुँदै

एक साताअघि विभागमा राहदानी लिन पुगेका जापानका लागि नेपाली राजदूतका पतिमा कोरोना पुष्टि भएपछि विभागका ४० कर्मचारीको स्वाब संकलन भइरहेको हो ।

एमसिसी बारे अमेरिकी चासोः राजदूत बेरीले भेटे उपप्रधानमन्त्री पोखरेललाई

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ। आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन्।

चिनियाँ राजदूत र अध्यक्ष दाहालबीच भेट

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छिन् । नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विवाद बढ्दै गइरहेका बेला उनले नेकपाका नेताहरूसँगको भेटलाई तीव्रता दिएका हुन् ।

किन बढ्दैछ चिनियाँ सक्रियता ?

सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर तीव्र विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले भेटघाटलाई तीव्र बनाएकी छिन्।

चिनियाँ राजदूतको सक्रियता : नेकपा नेता खनालसँग भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनाललाई भेटेकी छन्।

नेता खनाल र राजदूत होउबीच भेट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ ।

नेपाली राजनीतिका किङमेकरः पहिले भारत, अहिले चीन

राजदूत याङ्छीले आइतबार साँझ नेता माधव नेपाललाई भेट्नुमा नेकपाभित्रको विवाद मत्थर गर्ने उद्देश्य रहेको कतिपयको अनुमान छ। तर नेपालको आन्तरिक राजनीतिमा विदेशी सक्रियताको आलोचनासमेत भएको छ।

विदेशबाट घर फर्काउने केहि उडान अनिश्चित केहि स्थगन

कोभिड १९ का कारण युएईमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको नेपाल एयरलाईन्सको पहिलो २ उडान अनिश्चित बनेको छ । युएईको दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार र बिहिबार हुने भनिएको उडान रद्द भएको सूचना दूतावासले जारी गरेर एकैछिनमा हटाएपछि घर फर्किन हैसिएका नेपालीहरू निराश बनेका छन् ।

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ को विवरण नेपाल पठाइयो

बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ।

नेपाल फर्कन चाहनेलाई लण्डनस्थित नेपाली राजदूतावासमा विवरण बुझाउन अनुरोध

नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्यरूपमा स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्ने र तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप सात दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ।

शाक्यलाई इजरायली सरकारबाट उत्कृष्ट राजदूतको सम्मान

इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यलाई ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुने भएकी छिन् । ‘द एम्बेसडर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ सम्मान गर्ने भएको हो ।

सरकारले भारतीय राजदूतलाई बुझायो कुटनीतिक नोट

नेपालको भूमि लिपुलेकमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरेका विषयमा नेपालले भारतीय राजदूत विनय मोहन क्वात्रालाई कुटनीतिक नोट बुझाएको छ। राजदूत क्वात्रालाई सोमबार परराष्ट्र मन्त्रालयमा बोलाएर कुटनीतिक नोट बुझाइएको हो। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विषयमा नेपाल सरकारको पोजिसन बारे भारतीय राजदूतलाई जानकारी गराउँदै कुटनीतिक नोट बुझाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बढ्यो चिनियाँ सक्रियता

चिनियाँ राजदूतले सोमबार यता राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका प्रमुख नेताहरुसँग भेटवार्ता गर्न भ्याएकी छन्।

कोरोना राहत कोषमा मध्यपूर्वबाट राजदूतहरुको सहयोग

खाडी तथा मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरुले कोरोना विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै कोरोना कोषमा रकम जम्मा गर्ने भएका छन्।

चीनको राजदूतमा महेन्द्रबहादुर पाण्डे अनुमोदित

चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ। सोमबार बसेको समिति बैठकले चीनका लागि आवासीय राजदूतमा पाण्डेको नाम सिफारिस गरको हो। समिति सभापति लक्ष्मणल कर्णले पाण्डेको नाम राजदूतका लागि सर्वसम्मत सिफारिस गरिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्