१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

हावाहुरी पीडितका लागि प्रदेश १ द्वारा एक करोड हस्तान्तरण

प्रदेश नं १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारा पर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरे।

हातेकागज खपतको उपाय खोजिँदै

आफ्नो व्यवसाय प्रवद्र्धनमा सहयोग गरिदिन भन्दै ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुका हातेकागज उद्योगी पहलमान चोङ्वाङले गाउँमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउन पुगेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईलाई एककोरी(२०० ताउ)हातेकागज उपहार दिए।

इन्दुशंकर चिनी मिल बन्द !

सोमबार बिहान साँढे १ बजेबाट उद्योगले यो सिजनका लागि उखु क्रसिङ बन्द गरेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। रजकका अनुसार उद्योगले यस वर्ष ३५ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ।

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर

स्थानीय लघु तथा घरेलु उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको छ।

बारा–पर्साका हुरीपीडितलाई प्रदेश ३ को एक करोड सहयोग

बारा र पर्सामा गत चैत महिनामा आएको विनाशकारी हुरीपीडितलाई प्रदेश ३ सरकारले एक करोड सहयोग गरेको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश २ सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेका हुन्।

हुरीपीडितलाई भूकम्पपीडितकाे सहयाेग

चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाबाट आएको टोलीले मंगलबार भारतसँग सिमाना जोडिएको बारा–पर्सा जिल्लाका हावाहुरी पीडितलाई नगद सहयोग हस्तान्तरण गरेको छ। हावाहुरीमा परी मृत्यु भएका बारा–पर्साका २३ परिवारका सदस्यलाई सुनकोसी गाउँपालिकाबाट प्राप्त जनही २१ हजार पाँच सयका दरले नगद सहयोगलाई वितरण गरिएको हो।

मनमोहन स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस (वैशाख १३)को सन्दर्भ पारेर प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

‘प्राइभेट डेरीले राम्रो सर्भिस दिन्छ’

हेरम्बबहादुर राजभण्डारी, ८६ वर्षको उमेरमा पनि सक्रिय छन्। २००७ साल प्रजातन्त्रको उदय भएको समयमा एलएलसी जाँच दिएर सरकारी सेवामा प्रवेश गरेका राजभण्डारीले करिब ४३ वर्ष सरकारको सेवा गरे।

हुरी प्रभावितलाई प्रदेश ५ का सांसदले एक दिनको पारिश्रमिक दिने

प्रदेश नम्बर ५ का सांसदले बारा पर्साका हुरी पीडितका लागि एक दिनको तलब बराबरको आर्थिक सहयोग गर्ने भएका छन्। आइतबारको प्रदेशसभाको बैठकले प्रदेशसभा सदस्यको एक दिन बराबरको पारिश्रमिक हावाहुरी प्रभावितलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

बारा र पर्साका हुरीपीडितलाई कामपाको २५ लाख सहयोग

काठमाडौं महानगरपालिकाले तराईका बारा र पर्सा जिल्लामा केही दिनअघि आएको हावाहुरीबाट प्रभावित भएका पीडित परिवारलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको कार्यपालिका बैठकले २५ लाखसहित जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबसमेत पीडितलाई दिने निर्णय गरेको प्रवक्ता ईश्वरमान ढंगोलले जानकारी दिए।

कम्मरमुनिको अंग नचल्ने समस्याले थलिएका चार दिदीभाइलाई उपचार खर्च

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कम्मरमुनिको अंग नचल्ने समस्याले थलिएका एकै परिवारका चार दिदीभाइलाई आर्थिक सहयोग गरेको छ। सुरुमा सपांग भए पनि किशोरावस्थामा पुगेपछि कम्मरमुनिको अंग नचल्ने समस्याले पीडित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका बाबु बीरबहादुर गजमेर र आमा लक्ष्मीमायाँ गजमेरकी माइली छोरी ३० वर्षीया कोपिला, थाइली छोरी २२ वर्षीया अनिशा, ठूली कान्छी छोरी २० वर्षीया मनिषा र कान्छो छोरा १५ वर्षीय चेतराज गजमेरलाई नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेको हो।

हावाहुरी पीडितलाई प्रदेश ३ सरकारले एक कराेड सहयाेग गर्ने

प्रदेश ३ सरकारले बारा र पर्सा हावाहुरीले क्षति पुर्याएका पीडितहरूलाइ तत्काल एक कराेड रुपैयाँ सहयाेग गर्ने भएकाे छ।

गजेन्द्रराज अक्षयकोष स्थापना, गरिब विरामीको उपचारमा खर्च गरिने

राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा १० लाखको गजेन्द्रराज अक्षय कोष स्थापना भएको छ। शुक्रबार बीर अस्पतालमा आयोजित कार्यक्रममा स्वर्गीय गजेन्द्रराज जोशीका छोराहरु नवीन्द्रराज जोशी र राजुराज जोशी तथा श्रीमती गीता जोशीले १० लाख रुपयाँको चेक अस्पताललाई हस्तान्तरण गरेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्