६ आश्विन २०८१ आइतबार
image/svg+xml

सचिवालय बैठकद्वारा कार्यदल भंग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तल्लाे तहकाे एकता टुंगो लगाउन गठन गरेकाे कार्यदल भंग गरेको छ।

नेकपा सचिवालय बैठक कार्यदलबारे अनिर्णित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सांगठनिक एकतालाई मिलाउन गठन गरिएको कार्यदलको म्यादबारे सचिवालय बैठक अनिर्णित बनेको छ।

संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो।

नेकपाको सचिवालयले एकता कार्यदलसंग बैठक गर्ने

अधुरो प्रतिवेदन बनाएको भन्दै नेकपाको सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने भएको छ। सोमबार वसेको सचिवालय बैठकले कार्यदलसंगै बैठक बस्ने निर्णय गरेको हो।

नेकपा सचिवालयले तल्ला कमिटीको एकता टुंग्याउला ?

पार्टी एकताका बाँकी विषयलाई टुंगो लगाउन नेकपाले तिब्रता दिएको छ। एकतापछिको जिम्मेवारी बाँडफाँट लगायतका विषयलाई टुंगोमा पुर्‍याउन अहिले नेकपाको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका भातृ संगठन तथा गाउँ, जिल्ला कमिटीहरुको एकताको विषयमा केन्द्रित हुने बताइएको छ।

नेकपा सचिवालय बैठक चल्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा पार्टी एकीकरणका सम्पूर्ण काम सक्ने विषयमा छलफल चलिरहेको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

नेकपा सचिवालय बैठक बस्दै, दर्जन बढी एजेण्डामा छलफल हुने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजे बैठक बस्न लागेको हो। पार्टी एकताका विषयमा बाँकी कुरा टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको बताइएकाे छ।

संघीय संसद् : तलब अाफ्नै खातामा पठाइने

संघीय संसद् सचिवालयले संसद्का पदाधिकारी र सांसद्को बैंक खातामा स्वकीय सचिवालयमा रहने कर्मचारीको तलब नपठाउने भएको छ। सचिवालयले स्वकीय सचिवालयमा रहेका सम्पूर्ण कर्मचारीलाई उनीहरूको नाममा बैंक खाता खोल्न भनेको छ। अहिलेसम्म ८९ जनाले एभरेष्ट बैंकमा खाता खोल्न निवेदन दिएका छन् भने २५ जनाले आफ्नो खाता खोलेको संसद् सचिवालयले जनाएको छ।

घरभाडा फिर्ता लैजान सांसद भट्टराईको अपिल

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले घरभाडावापत संसद सचिवालयले जम्मा गरिदिएको रकम फिर्ता गर्न संसद सचिवालयलाई आग्रह गरेका छन्।

नेकपा सचिवालय बैठक : प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ।

नेकपाको केन्द्रीय सचिवालय बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीको ७ वटै प्रदेशसहित ८ वटा कमिटी गठन गर्ने निर्णय हुने बताइएको छ।

नेकपा बैठक बुधबारका लागि सर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार पनि नबसी स्थगित भएको छ। सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडका लागि गृहकार्य नपुगेको भन्दै मंगलबारका लागि सरेको थियो।

कार्यविभाजन निश्चित गर्न नेकपा सचिवालय बैठक स्थगित

थप गृह कार्य गर्न आवश्यक भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको छ। केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनका लागि थप गृहकार्य गर्नुपर्ने भन्दै सोमबारका लागि पूर्वनिर्धारित बैठक स्थगित गरिएको हो।

नेकपाको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज सचिवालय बैठक बस्ने भएको छ। बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्