१२ असार २०८१ बुधबार
image/svg+xml

मकैमा अमेरिकी फौजी किराको प्रकोप

इच्छा कामना गाउँपालिका –७ स्थित भालुमाराका हरिराम गुरुङले १२ कठ्ठा जग्गामा मकै खेती गरेका छन्। तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उनलाई चिन्ता थपिएको हो।

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन्।

चिसापानीमा मकैको बिरुवामा फौजी किराको प्रकोप

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटामा लगाइएको मकैको बिरुवा फौजी किराले सखाप बनाएको छ । गोडमेल गरेर करिब दुई फिट अग्लो भएको मकैको बिरुवा फौजी किराले बिनास गरेको हो ।

लगातार तेस्रो वर्ष फौजी किराको प्रकोप

२०७६ सालमा केही स्थानीय तहका केही स्थानमा देखापरेको फौजी किरा यस वर्ष आइपुग्दा अधिकांश स्थानीय तहमा देखिएको हो।

फौजी किराले मकैबालीमा क्षति

हुर्कदै गरेको मकैबालीलाई फौजी किराले क्षति गरेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, बाँकेका किसान भोजराज केसी अचेल चिन्तित छन् । कोरोना भाइरसको महामारीका कारण बाहिरको सबै काम छाडेर कृषि पेशामा रमाइरहेका बेला फौजी किराले मकैमा क्षति गरेपछि उनी चिन्तित भएका हुन् ।

४२ जिल्लामा फौजी किराको प्रकोप

गत वर्ष मकै बालीमा पहिलोपटक देखिएको अमेरिकन फौजी किराको प्रकोप अहिले अधिकांश जिल्लामा फैलिएको छ । एक वर्षअघि पहिचान भएको यो किराबारे किसान अनभिज्ञ रहेको यस क्षेत्रमा संलग्न विज्ञ बताउँछन् । यसअघि जानकारी नै नभएको नयाँ जातको किरा बालीमा फैलिएका बेला लकडाउनका कारण विषादी प्रयोग गर्न नपाउँदा मकै सखाप हुने चिन्तामा किसान छन् ।

फौजी किराले मकैबाली सखाप

फौजी किराले कञ्चनपुरको महाकाली नगरपालिकामा लगाइएको मकैबाली सखाप पारेकाले किसान चिन्तित भएका छन् । नगरपालिकाका १५० भन्दा बढी किसानले खेतमा लगाएको मकैबाली अमेरिकी फौजी किराले खाएर सखाप पारेको हाे ।

धेरै जिल्लामा फौजी किराको प्रकोप

गत वर्ष मकै बालीमा पहिलो पटक देखिएको अमेरिकन फौजी किराको प्रकोप अहिले अधिकांश जिल्लामा फैलिइसकेको छ । एक वर्षअगाडि पहिचान भएको उक्त किराबारे किसान अनभिज्ञ रहेको यस क्षेत्रमा संलग्न विज्ञहरु स्विकार्छन् । पहिलो जानकारी नै नभएको नयाँ जातको किरा बालीका फैलिनु, अर्को लकडाउनका कारण आवश्यक विषादी प्रयोग गर्न नपाउँदा मकै सखाप हुने चिन्तामा किसान छन् ।

खडेरी र फौजी किरा पीडितलाई राहतको व्यवस्था गर्न आग्रह

प्रदेशसभा सांसद उषाकला राईले खोटाङका खडेरी र फौजी किरा पीडित नागरिकलाई विशेष राहतको व्यवस्था गर्न सरकार समक्ष आग्रह गरेकी छन् ।

फौजी किरा बटुलेर कुखुरालाई चारो

मकै बालीमा देखिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि अधिकांश किसानले विषादि उपयोग गर्छन् / गरिरहेका छन् । तर, खोटाङका कतिपय किसानले भने मकैको बिरुवामा महामारीकारुपमा फैलिएको फौजी किरा टिपेर नियन्त्रणको प्रयासमा जुटेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका किसानले दैनिकजसो मकैको बिरुवामा पाइने फौजी किरा टिपेर नियन्त्रणको प्रयास गरिरहेका छन् ।

किसानलाई निःशुल्क किटनाशक औषधि

अमेरिकन फौजी किरा नियन्त्रणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्ताका युवा राजनीतिकर्मी सुवास राईले किसानलाई किटनाशक विषादी वितरण गरेका छन्।

फौजी किराको आतङ्क, विषादी अभाव

अन्नबाली लगाउन शुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतङ्कले जिल्लाका किसान चिन्तित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्