कन्सल्टेन्सीको ठगी धन्दा
काठमाडौंको वनस्थलीमा कार्यालय रहेको ग्लोबल प्रा.लि.ले करिब ५० जना युवालाई विदेश पठाउने भन्दै प्रतिव्यक्ति २० हजारदेखि ७ लाखसम्म असुल गरेको छ।
काठमाडौंको वनस्थलीमा कार्यालय रहेको ग्लोबल प्रा.लि.ले करिब ५० जना युवालाई विदेश पठाउने भन्दै प्रतिव्यक्ति २० हजारदेखि ७ लाखसम्म असुल गरेको छ।
ऋण खोजेर युएई उडेका लिम्बूलाई कमाएर आफूले लिएको ऋण तिर्नुपर्ने बेलामा त्यहाँ बस्नखान परिवारले थप ऋण खोजेर पठाउनुपर्यो। विगत सम्झँदै लिम्बू भन्छन्, ‘घरबाट ऋणधन गरेर आएको मैले कमाएर ऋण तिर्नुपर्ने बेलामा बस्नखान थप पैसा मगाउनुपर्यो।
काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन्।
प्रभावकारी नियमन अभाव र गलत क्षेत्रमा लगानीजस्ता कारणले सहकारीमा रहेका सदस्यहरूको बचत असुरक्षित बन्दो छ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमबार एउटा सूचना आयो।
सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
कास्कीमा फेसवुक आईडी ह्याक गरेर ठगी गर्ने समस्या बढ्दो छ। कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले दैनिक ३–४ वटा ठगिका केस यस्तै प्रकृतिका रहेको बताए। उनका अनुसार साउनमा मात्र साईबर ठगीका २९ वटा उजुरी परेका छन्। गत वर्ष भने २ सय ९७ वटा यस्ता उजुरी परेका थिए।
गृह मन्त्रालयले नौं महिनाको अवधिमा दुई पटक पत्र पठाएर नमूना समाजका अध्यक्षसहितका पदाधिकारी तथा सदस्यहरु र कार्यकारी निर्देशकसहितका कर्मचारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो।
‘यतिका समय बितेपनि काखको (कान्छो) छोराको खबर आएन,’ उनले गहभरि आँसु पारेर भनिन्, ‘अहिले, भरे नै टुप्लुक्क आएर आमा भनिहाल्छ कि भन्ने लागेर आँखा जतिबेलै आँगनतिरै गइरहन्छन्।’ घरको आर्थिक अवस्था कमजोर भएकाले कमाउन विदेश गएको छोराको अत्तोपत्तो नहुँदा ठगीमायाको छात्ती चिरिएको छ। छोरो हराएपछि घरमा पतिको समेत निधन भएकाले थामिनसक्नुको पीडा छ उनलाई।
कानुनी अपूर्णताले यस्तो ठगीलाई बढावा दिँदै लगेको छ भने प्रहरी अनुसन्धानले दोषी पत्ता लगाउनै नसकिने अवस्था छ। ठगीको जालो घटनाहरूमा नजानिँदो किसिमले विदेशसम्म जोडिने गरेको छ। जसको कुनै पहिचान नै हुँदैन। ठगीमा आएको यो आधुनिक आयामले दिनहुँ तमाम मानिस ठगिने गरेका छन्। प्रहरीले दोषीहरू पत्ता नै लाउन नसक्दा कारबाहीको दायरामै ल्याउन सकिरहेको छैन।
गोरखाबाट कुखुरा अन्यत्र ढुवानी गर्ने क्रममा सप्लायर्सबाट किसान ठगिने गरेको भेटिएको छ। बिक्रीका लागि तयार भएको कुखुरा खरिद गर्न आएका सप्लायर्सले डिजिटल तराजुमा कम तौल कायम गराएर किसान ठगेका हुन्।
उनले भनिन्, ‘मैले पनि विश्वासमा दिएँ र श्रीमान्को आयु ७८ वर्षसम्मको गाँसिदिएको छ भन्यो तर पछि थाहा भयो त्यो ठगी रहेछ।’ अर्का पीडित धनबहादुर दियालीले पनि विश्वकर्माले ठगिरहेको आरोप लगाए। ‘सुन, पैसा नदिए शिवजी खुसी हुँदैनन्, तिमीहरू मर्छौं’ भनेर तर्साएर ठगी गरेको बताए।
सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुन सक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्यापिड रेस्पोन्स टिम) गठन गरेको छ।
ठगी मुद्दामा आरोपित एक फरार अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सिन्धुली जिल्ला अदालतबाट गत वर्षको पुस १७ गते पक्राउ पुर्जी जारी भएका अभियुक्त ३५ वर्षीय जनक पौडेललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।