१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ।

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

आवर ड्रिम्स कम्पनीमार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि विभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

यसरी सुरु भएको थियो कामदार ठगी धन्दा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध चार संस्था (बायोमेट्रिक, भिएलएन, जिएससी, माइग्राम्स) खारेजी गरेपछि दुई महिनादेखि बन्द मलेसियाको रोजगारी अझै अनिश्चित छ ।

करोडाैं ठगी आरोपमा गजमेर पक्राउ

माई इन्भेस्टमेन्ट कम्पनीका नाममा वित्तीय कारोबार गरी ७ करोडभन्दा बढी ठगी अभियोगमा एकजना पक्राउ परेका छन्।

सामाजिक संजालबाट ठगी गर्ने २ जना पक्राउ

प्रहरीले सामाजिक संजाल इमोबाट फोन गरि चिठ्ठा परेको बहानामा ठगी गर्ने २ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका २ जनाको नाममा प्रहरीमा निवेदन परेपछि जिल्ला प्रहरी कार्यलय धादिङले उनीहरूलाई पक्राउ गरेको हो।

सट्टेबाजीको नाममा ठगी गर्ने पक्राउ

इपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रकम लिई ठगी गरेको आरोपमा प्रहरीले एक जनालई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-४ पानीपोखरी बस्ने धनुषा जनकपुर नगरपालिका-३ का अमृत भन्ने नथमल अग्रवाल (नागराज) लाई शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

ग्यारेन्टी उपचारको नाममा ठगी धन्दा, पक्राउ परेका बिना कारवाही छाडिए

लहान –८ स्थित शिबम मेडिसिन सेन्टरमा संचालित ‘नागेश्वरी चाँदसी दवाखाना’ बाट पक्राउ परेका भारतीय स्वास्थ्यकर्मीलाई बिना कारबाही छाडिएको छ। भारतको कलकत्ता नदिया थाना घुल्ला ग्रामपञ्चालयत घर भएका विद्युत रोई र उनका सहयोगी सोही ठाउँ रानाघाट ग्रामपञ्चायतका चन्दन विश्वासलाई लहान प्रहरीले पक्राउ गरेको भोलिपल्ट बिना कारबाही छाडेको छ।

गोला प्रथामा कांग्रेस र राजपा ठगिए: कसकोअवधि कति? (सूचीसहित)

राष्ट्रिय सभाका कुल ५९ सदस्य मध्ये कसको कार्यकाल कति वर्षको हुने भन्ने आज गोला प्रथाबाट तय भएको छ । गोला प्रथामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ठगिएका छन् । नेपाली कांग्रेसका १३ जना मध्ये ७ जना सांसद २ वर्षे अवधिमा परेका छन् । कांग्रेसका २ जना ४ वर्षे र ४ जना ६ वर्षे अवधिमा परेका छन् ।

भारतीय चिकित्सकबाट ‘ग्यारेन्टी उपचार’ का नाममा ठगी

शनिबार दिउँसो १ बजेको समय। लहान ८ स्थित शिवम् मेडिसिन सेन्टरसँगै रहेको नागेश्वरी चाँदसी दबाखाना बिरामी र डाक्टरबीच कुराकानी भइरहेको छ । बिरामी हुन् सिरहा कर्जन्हा नगरपालिका बन्दिपुरका श्रवण यादव (५५)। त्यस्तै चिकित्सक हुन् भारत कलकत्ता नदिया थाना घुल्ला ग्रामका विद्युत रोई। उनीहरुबीचको संवाद यस्तो छ–

ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।

चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ।

जापान पठाउने भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारमा पठाई दिन्छु भनी ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा गोरखा भिमसेन गाउँपालिका–६ घर भई काठमाडौं सामाखुसी बस्ने ४९ बर्षीय केदारनाथ ढकाललाई प्रहरीले पक्राउ गरेको छ।

ठगी गर्ने दुई पेट्रोल पम्पमा सिल लगाइयो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ।

पाँच लाख ठग्ने गिरी जेल चलान

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ।

ठगीमा परेको महतो दम्पतीको दुखेसो

एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्