१२ मंसिर २०८१ बुधबार
image/svg+xml

होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्री

कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्री गर्दै आएको पाइएको छ। उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ।

ठग पम्पलाई इन्धन नदिन आयल निगमको निर्देशन

उपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्ने पेट्रोलपम्पहरुलाई इन्धन उपलब्ध नगराउन नेपाल आयल निगमले मातहतका डिपोहरुलाई निर्देशन दिएको छ।

‘ठग्स अफ हिन्दूस्तान’को व्यापार खस्किँदो, आमिर र अमिताभ तनावमा

बिहीवारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को व्यापार निरन्तर खस्किरहेको छ। कारोवार निरन्तर ओरालो लाग्दा फिल्मले लगानी नै असुल नगर्ने हो कि भन्ने चिन्ता पनि व्यक्त गरिएका छन्। फिल्मका मुख्य कलाकार अमिताभ बच्चन र आमिर खानको स्टारडममा पनि धक्का लागेको छ।

नक्कली सुन दिई ४० लाख ठगी गर्ने ६ पक्राउ

कार्तिक १६ गते नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान व्युरोमा प्राप्त भएपछि ठगी कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना, कारोबार रोक्का

दिनुपर्ने भन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई २ लाख रुपैयाँजरिवाना गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो आयल स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो।

जापान पठाउने भन्दै ठगी गर्ने कोइराला पक्राउ

वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै युवाहरुबाट रकम असुल गर्ने गरेको अभियोगमा दोलखाका ३७ वर्षीय दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।

चर्को मूल्य लिएर ठगी गरेको भन्दै ‘द कोरियन सप’मा शिलबन्दी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा शिलबन्दी गरेको छ। विभागको टोलीले शुक्रवार गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो।

ठेक्कामा ठगी

अन्य मुलुकमा सरकारले ठेक्का लगाएका सार्वजनिक निर्माण कार्य समयमा पूरा नगर्ने ठेकेदारमाथि कारबाही हुन्छ । हामीकहाँ ठेक्का लिएर पनि काम नगर्नेले थप जिम्मेवारी पाउँछन्।

जापान पठाइदिने भन्दै कराेडाैं असुल्ने पक्राउ

सरकारी कोटामा जापान पठाइदिन्छु भन्दै कराेडाैं ठगी गर्ने एक व्यक्तिलार्इ प्रहरीले पक्राउ गरेकाे छ। कृषि सम्बन्धि कामका लागि जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई प्रहरीले पक्राउ गरेको हाे।

प्राविधिक शिक्षाको नाममा ठगी

रोल्पामा शैक्षिक ठगहरूको खुलेयाम बिगबिगी हुँदापनि स्थानीय सरकार र स्थानीय प्रशासन मौन बसेको भन्दै गुनासो आउन थालेको छ।

धरौटीमा छुटे सहकारीका प्रबन्धक

जिल्ला अदालत महोत्तरीले पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक विमल प्रसाद आचार्यलाई धरौटीमा रिहा गरेको छ।

पाेल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई विदेशी पक्राउ

महानगरीय अपराध महाशाखाले पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।महाशाखाको टोलीले पुतलीसडकको एक घरमा कार्यालय खोली पोल्याण्ड पठाइदिने भनी ठगी गर्ने युक्रेनका २६ वर्षीय बिटाली विलय र २३ वर्षीय नटालिला मेल्नीचौकलाई विहिवार पक्राउ गरेको हो।

विदेश पठार्इदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई बुधबार काठमाडौंबाट पक्राउ गरेको छ।

चार करोड ठग्ने दुई जना पक्राउ

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ।

किन बढिरहेको छ कामदार ठगी ?

वैदेशिक रोजगारीमा जाने कामदारमाथि हुने ठगी रोक्न दिनहुँजसो कार्यक्रम भइरहेका हु्न्छन् । उच्च सरकारी अधिकारीका कुरा सुन्ने हो भने वैदेशिक रोजगारीका ठगी चाँडै निमिट्यान्न हुँदैछन् कि भन्ने लाग्छ पनि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्