२८ असार २०७७ आइतबार

अनुगमनको भत्ता कृषिमा

बाँकेको खजुरा गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने भएको छ। गाउँपालिकाको सातौँ गाउँसभामा वडा नं २ का अध्यक्ष देवीलाल खनालले अनुगमनको भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित भई उक्त रकम कृषिमा लगानी गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

बजार अनुगमन गर्दैनन् राजधानीकै स्थानीय तह

कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी सुरु भएको साढे दुई महिना नाघिसक्दा पनि राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेका छैनन् । बजार अनुगमन र नियमन नहुँदा एउटै सामानको भाउ पसलपिच्छे फरक छ ।

युएन टोली सुदूरपश्चिमको अनुगमनमा

संयुक्त राष्ट्रसंघको अनुगमन टोली कोराना संक्रमणबारे जानकारी लिन सुदूरपश्चिम आएको छ । चार्टड गरेको यति एयरलाइन्स विमानबाट नेपालका लागि युएनडिपीका अवासीय प्रमुख आयशने लावेको नेतृत्वमा सो टोली यहाँ आएको हो ।

रुकुम घटना : मानवअधिकार–पत्रकार टोलीद्वारा स्थलगत अनुगमन

रुकुम पचिश्मको चौरजहारी–८, सोतीमा अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा ६ जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा मानवअधिकार तथा पत्रकारहरूको टोलीले प्रारम्भिक जानकारी लिन सुरु गरेको छ ।

जुम्लामा क्वोरन्टिन अनुगमन

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको टोलीले यहाँ निर्माण भएका क्वारेन्टिनको अनुगमन गरेको छ । क्वारेन्टिन सुरक्षाका हिसावले सुरक्षित छन या छैनन् , मापदण्ड अनुसारका छन की छैनन् र क्वारेन्टिनमा बसाई व्यवस्थापन बारे अनुगमन गरेको हो ।

अस्पताल अनुगमन गर्न मुख्यमन्त्री शाहीको टोली जुम्लामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको अनुगमन गर्न जुम्ला पुगेको छ। हेलिकप्टरमार्फत सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे र स्वास्थ्य निर्देशक रितुराज भण्डारी जुम्ला पुगेका हुन्।

होम क्वारेन्टाइन अनुगमनमा शिक्षक परिचालन

काठमाडौंमा बसिरहेका नगरबासीलाई गाउँ ल्याएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको आचार संहिता पालनाका लागि शिक्षकलाई परिचालन गरेको छ । काठमाडौं उपत्यकामा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका नगरबासीलाई गत वैसाख ११ र १२ गते २५ वटा बसमार्फत घरमा ल्याएको नगरपालिकाले उनीहरुलाई होम क्वारेन्टीनमा बस्ने वातावरण बनाउनका लागि शिक्षकलाई परिचालन गरेको हो ।

प्रशासनसँगको सहकार्यमा मुस्लिम आयोगले गर्‍यो मस्जिदमा अनुगमन

उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मद्रसाहरुमा अनुगमन थालिएको छ।

फुङ्लिङ बजारमा पसलै पिच्छे फरक मूल्य, सिल गर्ने अनुगमन समितिको चेतावनी

बजार अनुगमन समितिले ताप्लेजुङको फुङ्लिङ बजारमा गरेको अनुगमनका क्रममा पसलैपिच्छे फरक–फरक मूल्य पाएको छ। यो अवस्थामा पाएपछि अनुगमन समितिले बजारमूल्य भन्दा महंगो बिक्री गर्नेे पसलहरुमा शिलबन्दी गर्ने चेतावनी पनि दिएको छ।

स्वास्थ्य मन्त्रालयको टोली हुम्लामा

हुम्ला जिल्लामा  कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले जिल्लामा स्वास्थ्य सामग्रीको अनुगमनसहित सरोकार  निकायसँग छलफल गरेको छ।

आर्थिक अनियमितता रोक्न अनुगमन

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पूर्व सर्तकता, आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापनको नाममा हुने आर्थिक अनियमितता रोक्न यहाँको एक नगरपालिकाले अनुगमनलाई जोड दिएको छ। लकडाउनको समयमा कोरोना संक्रमित मानिसको प्रवेश रोक र कोरोना विरुद्धको  व्यवस्थापनको नाममा आर्थिक अनियमितता नहोस भनेर नियमित अनुगमनलाई जोड दिइएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको हो।

लकडाउनको अवधिमा बजारको अवस्था बुझ्न अनुगमन

रसुवाको कालिका गाउँपालिकाले शुक्रबार गाउँपालिकाभित्र रहेका बजारहरूको अनुमगन गरेको छ। लकडाउनको अवधिमा गाउँपालिकाभित्र रहेका बजारको अवस्था बुझ्नका लागि अनुगमन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्