आगलागीबाट विस्थापितलाई गाउँपालिकाको राहत
खोटाङको रावाबेँसी गाउँपालिकाले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ। शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।