६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आगलागीबाट विस्थापितलाई गाउँपालिकाको राहत

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिकाले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ। शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो। डढेलोबाट सर्वस्व गुमाएका अग्नी पिडितलाई तत्कालका लागि राहत स्वरुप प्रतिपरिवार ६० केजी चामल, १० लिटर तेल, नुन, दाल, चिउरा, भाँडाकुँडा, कम्बल, त्रिपाल लगायतका बन्दोवस्तीका सामान प्रदान गरिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए।

गाउँपालिका प्रमुख निरौला नेतृत्वको टोलीले आगोबाट विस्थापित भएका पीडितलाई शनिबार बिहान भग्नावशेष बनको घरमा पुगेर राहत प्रदान गरेको हो। डढेलोले घर जल्दा गोपालको ६ जनाको, युवराजको ६ जनाको, भीमप्रसादको ५ जनाको र अभिकेसरको ४ जनाको परिवारको विचल्नी भएको गाउँपालिका प्रमुख निरौलाले बताए। यस्तै, गढीथुम्का र कासेघडेरी सामुदायीक वनबाट फैलिएको डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलाको घर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ चैत्र २०७५ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App