१० मंसिर २०८१ सोमबार
image/svg+xml

लगातार फिल्म फ्लप भएपछि तीन खानको गोप्य वार्ता

बलिउडका तीन खान शाहरुख, सलमान र आमिरबीच गोप्य वार्ता भएको छ। तीन अभिनेताको बैठक बान्द्रास्थित शाहरुखको घरमा बसेको थियो।

अभिनेता सनी देओल भाजपामा प्रवेश

बलिउड अभिनेता सनी देओल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन्। भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत विभिन्न चरणमा मतदानहरु भइरहेका बेला देओलले मंगलबार भाजपाको केन्द्रीय कार्यालय पुगेर रक्षामन्त्री एवं भाजपा नेतृ निर्मला सीतारमनको हातबाट सदस्यता लिएका हुन्।

के अक्षयकुमार भाजपाबाट चुनाव लड्दै छन्?

बलिउड अभिनेता अक्षय कुमारले लोकसभा निर्वाचनमा गुरदासपुरबाट टिकट पाउने चर्चाले सामाजिक सञ्जाल भरिएको छ। अक्षयले ट्वीटरमार्फत आफू नयाँ क्षेत्रमा कदम राख्न लागेको र उत्साहित रहेको बताएका थिए। अक्षयको यो सांकेतिक ट्वीटपछि उनका समर्थकले उनी गुरदासपुरबाट चुनाव लड्ने अनुमान गरेका थिए। पन्जाब प्रान्तमा पर्ने गुरदासपुर स्वर्गीय अभिनेता विनोद खन्नाले जित्दै आएको क्षेत्र हो। खन्ना भाजपाबाट यो क्षेत्रमा सांसद थिए।

पहिरनका सौखिन बलिउडकर्मी

बलिउड नायिका जान्हवी कपुरले एउटै पहिरन दुईपटक लगाउँदा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको मजाक उडाए। सामाजिक सञ्जालमा मजाक उडाए पनि जान्हवीको पहिरन लगाउने शैलीमा आफ्नै फर्मुला छ। उनी एकपटक लगाएको लुगालाई पुनः अर्कोपटक नलगाउन सक्ने धनी नबनेकै कारण आफुले एउटै लुगा दोहो¥याएर लगाउने गरेको बताउँछिन्।

‘कठपुतली बन्न तयार छु’

बलिउड अभिनेत्री आलिया भट्टको सफलता हालका दिनमा चुलिँदो छ। उनको नाममा ‘हाइवे’, ‘हम्प्टी शर्मा की दुल्हनिया’, ‘कपूर एन्ड सन्स’, ‘उड्ता पन्जाब’, ‘बद्रीनाथ की दुल्हनिया’, ‘राजी’ र ‘गली ब्वाइ’ जस्ता सफल फिल्म छन्।

श्रीदेवीको अन्तिम फिल्म चीनमा रिलिज गरिने

२०१९ मे १० मा मदर्स डेको अवसर पारेर बलिउड अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म मम(आमा) चीनमा प्रदर्शन गरिने भएको छ।

सञ्जय दत्तले चुनाव नलड्ने

बलिउड अभिनेता सञ्जय दत्तले लोकसभा निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन्। सञ्चारमाध्यममा कांग्रेसबाट उम्मेदवार हुन लागेको खबर आएपछि सञ्जयले ट्वीटरमार्फत आफू कुनै पनि सीटमा चुनाव लड्ने योजना नरहेको स्पष्ट पारेका हुन्। ‘लोकसभा चुनावमा म उम्मेदवार हुने खबर झुटो हो। म आफ्नो देशको साथमा छुँ र मेरी बहिनी प्रिया दत्तलाई सहयोग गरिरहेको छुँ’, उनले लेखेका छन्।

‘श्रीदेवीको भूमिका सहज थिएन’

बलिउड फिल्ममेकर करण जोहारले निर्माण गरेको फिल्म ‘कलंक’मा ‘बहार बेगम’ नामको एक चरित्र छ । यो फिल्मको छायांकन सुरु हुनुअघि यो भूमिका बलिउड अभिनेत्री श्रीदेवीका लागि करणले तयार पारेका थिए । तर श्रीदेवीको दुबइमा निधन भएपछि यो भूमिका अर्की सुन्दरी अभिनेत्री माधुरी दिक्षितको हातमा पर्‍यो।

पात्र अध्ययनमा दीपिका

बलिउड नायिका दीपिका पादुकोण आगामी फिल्म ‘छपाक’को तयारीमा जुटेकी छन्। यो फिल्म एसिड पीडित लक्ष्मी अग्रवालको जिन्दगीमा आधारित छ। फिल्ममा दीपिकाले लक्ष्मीको भुमिका निभाउँदैछिन्। यो फिल्मको सुटिङ आगामी महिनाबाट सुरु हुनेछ।

पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध

काश्मिरको पालुवामा आक्रमण पछि पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगाइएको छ। अल इण्डिया सिने वर्कर्स एशोसिएशनले सोमवार विज्ञप्ति जारी गरी देश पहिलो भएको र देशका लागि उभिने भन्दै पाकिस्तानी कलाकार र कलालाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ।

कट्रिनाको घर बसाउने इच्छा

बलिउड अभिनेत्री कट्रिना कैफले विहे गर्ने इच्छा व्यक्त गरेकी छिन्। अभिनेता रणवीर कपुरसँगको ब्रेकअपपछि सिंगल रहेकी कट्रिनाले भर्खरैको एक अन्तर्वार्तामा घर बसाउन चाहेको उल्लेख गरेकी हुन्। उनले आफ्ना समकालिन अभिनेत्री प्रायले घर बसाइसकेको भन्दै आफू पछि पर्न नचाहेको उल्लेख गरेकी छिन्।

‘बागी ३ ’मा फर्किइन् श्रद्धा कपूर

बलिउड अभिनेता टाइगर श्राफको हिट सिरिज ‘बागी’को पहिलो संस्करणमा नायिका श्रद्धा कपुर अनुबन्धित भएर अभिनय गरेकी थिइन्। यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो। फिल्मको दोस्रो सिक्वेलमा निर्माण पक्षले टाइगरकी प्रेमिका दिशा पटानीलाई श्रद्धाको स्थानमा राख्यो। यतिबेला फिल्मको तेस्रो सिक्वेलको तयारी भइरहेको छ।

आमिरमाथि कंगनाको आक्रोश, आलियाले माफी माग्ने

बलिउडमा पछिल्लो समय चर्चामा छिन कंगना रनावत। फिल्म ‘मनिकर्णिका’मा झाँसीकी रानी लक्ष्मी बाईको भूमिकालाई लिएर चर्चामा रहेकी कंगनाले आफ्ना सहकर्मीमाथि भने आक्रोश पोखेकी छिन्। आफ्नो फिल्मबारे कलाकारले कुनै प्रतिक्रिया नदिएको भन्दै उनले आक्रोश पोखेकी हुन्।

‘मणिकर्णिका’को सन्तोषजनक व्यापार

बलिउड क्वीन कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ले ६० करोड भन्दा बढीको कारोवार गरेको छ। फिल्मले अपेक्षित व्यापार गरेपछि कंगनाले सक्सेस पार्टी समेत आयोजना गरेकी छिन्। ट्रेड एनालिस्ट तरुण आर्दशका अनुसार मणिकर्णिकाले शुक्रवारसम्म भारतमा कुल ६४.६५ करोड कारोवार गरेको छ। यो आँकडा हिन्दी, तमिल, तेलगु भर्सनको हो।

सरोगेसीबाट आमा बनिन् एकता

भारतीय टेलिभिजनकी ‘क्वीन’ मानिने बलिउड फिल्म निर्मात्री एकता कपुर सरोगेसीको माध्यमबाट एक छोराको आमा बनेकी छन्। एकताको जनसम्पर्क समूहले उनी आमा बनेको पुष्टि गरेको छ। समूहले जारी गरेको विज्ञप्तिमा एकताको परिवारमा उल्लास छाएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्