coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीदेवीको अन्तिम फिल्म चीनमा रिलिज गरिने

एजेन्सी - २०१९ मे १० मा मदर्स डेको अवसर पारेर बलिउड अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म मम(आमा) चीनमा प्रदर्शन गरिने भएको छ।

श्रीदेवीको २०१८ फ्रेबुअरीमा निधन भएको थियो। उक्त फिल्मबाट श्रीदेवीले राष्ट्रिय अवार्डसमेत जितेकी थिइन्। उक्त फिल्मबाट श्रीदेवीले निकै प्रशंसा कमाएकी थिइन्।

जी स्टुडियोकी प्रमुख विभा चोपडाले भनिन्, ‘सबै स्वर्गीय आमाहरुलाई श्रद्धाञ्जलि दिने उद्देश्यले हामीले फिल्म मम चीनमा प्रदर्शन गर्न लागेका छौं।’ 

उक्त फिल्ममा श्रीदेवी शिक्षिको भूमिकामा छिन्। फिल्मा श्रीदेवीसँगै नवाजुद्दिन सिद्दिकी, अक्षय खन्ना, अदनान सिद्दि पनि छन्। यसअघि यो फिल्म पोल्यान्ड, रुस, बेलायत, अमेरिकामा, सिंगापुर र चेक रिपब्लिकमा रिलिज भइसकेको थियो। 

प्रकाशित: २२ चैत्र २०७५ १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App