२३ आश्विन २०८१ बुधबार
image/svg+xml

संसदीय समितिका सबै बैठक स्थगित

आइतबारका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू स्थगित भएका छन्। पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनका कारण बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ। नेता अधिकारीको शनिबार राति उपचारका क्रममा निधन भएको हो।

‘मन ताप्लेजुङमै छ भन्थे, अब तन नै रहेन’

२०७३ सालको मंसिर ८ गते नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघामा मानवले पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा संसद्को विकास समितिले ताप्लेजुङको फुङ्लिङमा हीरक महोत्सवको आयोजना गरेको थियो।

एघार कानुन बन्न अझै बाँकी

संघीय संसदबाट संसद् अधिवेशन सुरु भएको एक वर्षभित्र संविधानअनुकूलका १ सय ७६ विधेयक पारित गर्नुपर्ने भए पनि अहिलेसम्म १ सय ६५ विधेयक मात्रै पारित भएका छन्। संसदको दुवै सदनबाट पारित भएका विधेयकलाई शनिबार बस्ने प्रतिनिधिसभाको बैठकले राष्ट्रपतिसमक्ष प्रमाणिकरणका लागि पठाउने संसद् सचिवालयले जनाएको हो।

मन्त्री अधिकारीकाे निधनमा शोक प्रस्ताव पारित

प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो।

नेकपा संसदीय दलद्वारा शोक प्रस्ताव पारित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकले ताप्लेजुङमा भएको दुर्घटनामा निधन भएका प्रति शोक प्रस्ताव पारित गरेको छ।

नेकपा संसदीय दलको बैठक बस्दै

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बस्दैछ। मन्त्री तथा आफ्नो पार्टीको सांसद रवीन्द्र अधिकारीसहित सात जनाको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपा संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बिहीबार (आज) लागि तय भएको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिए।

संसदमा अनुत्तरित नै रहे यी प्रश्न

प्रतिनिधिसभाको १६ गते बिहीबार(आज) बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। पर्यटनमन्त्रीसँग ३ जना सांसदले मौखिक प्रश्न सोध्नका लागि नाम टिपाएका थिए।

संसदमा आर्थिक कार्यविधी विधेयक प्रस्तुत

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५’ प्रस्तुत गरेका छन्। उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकमा बहुमतले अस्वीकृत गरेको थियो।

स्वास्थ्य बीमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ। सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी छन्।

अन्तत: समितिले फेला पार्‍यो अन्सारीका दुई वटा जन्ममिति

संसदीय सुनुवाई समितिले अनुसन्धान गर्दा संवैधानिक परिषद्बाट मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको दुईवटा जन्म मिति भएको पाएको छ।

संसदीय सुनुवाइ समितिमा सत्तापक्षकै सांसद अनुपस्थित

संवैधानिक परिषद्बाट संवैधानिक आयोगको अध्यक्षमा सिफारिस भएकामध्ये दुईजना अध्यक्षको सुनुवाइ गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सत्तापक्षकै सांसद अनुपस्थित भएका कारण कोरम नपुगेर स्थगित भएको छ।

सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्‍यो : कांग्रेस

संसदमा दर्ता भएको सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ ले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न गरेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले विधेयकले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नै असर पर्ने निष्कर्ष कांग्रेसको छ।

कोरम नपुगेपछि सुनुवाइ समितिको बैठक स्थगित

आजको लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ। समितिका सदस्य योगेश भट्टराईका अनुसार ‘कोरम नपुगेर बैठक बस्न नसकेको हो। समितिको अर्को बैठक आगामी १४ गते दिउँसोको २ बजे बोलाइएको छ।

कर्मचारी आन्दोलनप्रति कठोर बन्दै सरकार

सरकारले संसद्मा पेश गरेको संघीय निजामती सेवा ऐन मार्फत ट्रेड युनियनमार्फत कर्मचारी आन्दोलन गर्ने अधिकार कटौती गरेको छ। संसद्मा पेस गरेको संघीय निजामती सेवा ऐन २०७५को मस्यौदाले सरकारी काममा बाधा पुग्नेगरी कुनै पनि आन्दोलन र बन्द हड्ताल गर्न नपाइने उल्लेख गरीएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्