काठमाडौं- आइतबारका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू स्थगित भएका छन्। पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनका कारण बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ। नेता अधिकारीको शनिबार राति उपचारका क्रममा निधन भएको हो।
संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, महिला तथा सामाजिक, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक लेखा समितिका बैठकहरू आजका लागि डाकिएको थियो।
प्रकाशित: १९ फाल्गुन २०७५ ०६:०३ आइतबार