१० जेष्ठ २०८३ आइतबार
image/svg+xml

हुम्ला-बाजुरा सीमा विवाद : सत्यतथ्य छानबिन गर्न एसएसपीको नेतृत्वमा उच्चस्तरीय छानबिन टोली गठन

हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको पछिल्लो घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा एक उच्चस्तरीय छानबिन टोली गठन गरेको छ।

गगनलाई लेखकको सुझाव- इतिहासबाट पाठ सिक्नुस्, हदैसम्म लचिलो बन्नुस्

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले पार्टीको अस्तित्व जोगाउन सभापति गगन थापालाई विगतको इतिहासबाट पाठ सिक्दै हदैसम्म लचिलो बन्न सुझाएका छन्।

‘रियालिटी शो’ बाट चलचित्रमा डेब्यु गर्दै रिश्ता

टेलिभिजन रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ की विजेता एवं चर्चित डान्सर रिश्ता गुरुङले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन्।

विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमन गर्न नयाँ नियमावली ल्याइँदै

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूलाई प्रभावकारी रूपमा नियमन गर्न नयाँ नियमावली ल्याउने तयारी भइरहेको बताएका छन्।

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ (डा ल्हारक्याल लामा) सम्मानित भएका छन्।

कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुखद हो, यसलाई सरकारले चलाउँछ : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन्।

कांग्रेस नफुटाउन नेविसंघको दवाव

नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन्।

लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ

लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् । उनीहरूलाई ललितपुर–८ कै भोलढोकाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

नेपाल भ्रमणमा रहेकी बेलायती मन्त्री मल्होत्राले भेटिन् नेपाली उद्यमीलाई

मन्त्री मल्होत्राले नेपाल–बेलायतबीच शिक्षा तथा सीप विकाससम्बन्धी सहकार्यको बढ्दो महत्वलाई उल्लेख गर्दै यसलाई “पूर्ण दायरा शिक्षा साझेदारी” को संज्ञा दिइन्।

अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा भाग लिन रुस पुगे माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन रुस पुगेका छन्।

ककरोच जनता पार्टीको इन्स्टाग्राम फिर्ता : फलोअर्स २ करोड २७ लाख नाघे

ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिपकेले आइतबार आफ्नो इन्स्टाग्राम खाताको नियन्त्रण पुनः प्राप्त गरेको बताएका छन्।

स्वास्थ्य सुधार्न सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर बढाऔँ: तोसिमा कार्की

सांसद कार्कीले दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम (करिब ४१ प्रतिशत) मात्र कर लगाइएको तथ्यांक प्रस्तुत गरिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्