२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

'अध्यादेशबाट देश चलाउने भए संसदको औचित्य के ?'

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारले अध्यादेशबाट देश चलाउने हो भने संसदको औचित्य के हो भनि प्रश्न गरेका छन्।

प्रेस काउन्सिलसम्बन्धी अध्यादेशको विरोध भइरहेका बेला उक्त अध्यादेश फिर्ता गर्नुपर्ने भन्दै बस्नेतले उक्त टिप्पणी गरेका हुन्। बस्नेतले भने, ‘संसद छलेर अध्यादेशबाट देश चलाउन खोज्नु लोकतान्त्रिक मूल्यमान्यताविपरित कार्य हो। संसद चल्नै नसक्ने वा आकस्मिक अवस्थामा बाहेक अध्यादेश ल्याउँन पाइँदैन। यस्तो कार्यले सरकार निरंकुशतातर्फ उन्मुख हुन लागेको संकेत गर्छ।’

जनताको सार्वभौम अधिकारको प्रतिनिधित्व गर्ने सर्वोच्च जननिर्वाचित संस्थाको अवमूल्यन गर्दै संसदलाई सरकारको इच्छाअनुसार चल्ने संस्था बनाउन खोजिएको उनको टिप्पणी छ। उनले भने, ‘संसद सरकारलाई जनताप्रति उत्तरदायी बनाउने संवैधानिक थलो हो। सरकारका निर्णय सर्वोपरी र संसदलाई औपचारिकतामा सिमीत राख्ने कार्य स्वीकार्य हुन सक्दैन।’

अध्यादेशमार्फत गरिने ऐन र प्रावधानमाथिको फेरबदलले प्रशासनयन्त्र र कर्मचारीतन्त्रमा समेत अन्योलको वातावरण सिर्जना हुने उनको भनाइ छ।

प्रकाशित: २१ कार्तिक २०८३ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App