२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

युवराज र जोय एन्जल्स हार्टका एम्बासडर

एन्जल्स हार्ट कलेजले युवा क्रिकेट प्रतिभा युवराज खत्री र जोय थापालाई कलेजको आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ।

युवराज खत्रीले केही समयअगाडि नेपाल यु–१९ टिममा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्। उनलाई प्रतिष्ठित नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले चयन गरेको छ।

जोय थापाले एसिसी इस्ट जोन कप यु–१६ मा दुई अर्धशतक प्रहार गर्दै तथा सिंगापुरविरुद्धको फाइनलमा निर्णायक भूमिका खेल्दै नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए। एन्जल्स हार्ट कलेजका संस्थापक अध्यक्ष लीलबहादुर पुन, प्रधानाचार्य धनबहादुर पुन, दुवै खेलाडीका अभिभावक लोकेन्द्र खत्री (युवराज खत्रीका पिता) र खिमबहादुर थापा (जोय थापाका पिता) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार कलेजले दुवै खेलाडीलाई अनुबन्ध रकम प्रदान गर्ने र प्लस टु सम्मको पूर्ण छात्रवृत्ति प्रदान गर्नुका साथै उनीहरूको भविष्य विकास, उच्चस्तरीय प्रशिक्षण र व्यावसायिक यात्रामा निरन्तर साथ दिने उल्लेख गरिएको छ। ‘एन्जल्स हार्ट कलेजमा हामीले शिक्षा र खेलकुदलाई बराबरी महत्त्व दिएका छौं। युवराज र जोय हाम्रो भविष्यमा लगानी दृष्टिकोणका प्रतिबिम्ब हुन्, अनुशासन, मेहनत र सफलताको,’संस्थापक अध्यक्ष लीलबहादुर पुनले भने।

प्रधानाचार्य धनबबहादुर पुनले यो कदम कलेजका लागि एउटा ऐतिहासिक पहल रहेको उल्लेख गरे। दुवै खेलाडीले कलेज र परिवारप्रति आभार व्यक्त गर्दै एन्जल्स हार्ट कलेजको भावना र मूल्यलाई मैदानभित्र र बाहिर दुवै स्थानमा उचाल्ने प्रतिज्ञा व्यक्त गरे।

प्रकाशित: १० भाद्र २०८२ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App