एसियाली टेनिस महासंघ (एटिएफ) को सहयोग तथा नेपाल टेनिस संघको आयोजनामा यङ टेनिस स्टार्स (वाइटिएस) कार्यक्रम बुधबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सम्पन्न भएको छ।
तीनदिने कार्यक्रमा काठमाडौं, पोखरा र चितवनका १५ प्रशिक्षकले सहभागिता जनाएको टेनिस संघका सचिव अजय विष्टले जनाएका छन्। कार्यक्रममा ३ देखि १० वर्षका बालवालिकालाई टेनिसमा कसरी आकर्षित गराउने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो। सहभागीलाई आयोजक टेनिस संघका अध्यक्ष मनोहरदास मूलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे। एटिएफ प्रशिक्षक माइक ब्यारेलले प्रशिक्षण दिएका थिए।
प्रकाशित: ११ मंसिर २०८२ १०:४५ बिहीबार





