आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
ओमानको मस्कटनमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ।
समूह चरणमा अपराजित नेपाल र ओमानको सुपर सिक्समा समान २ अंक छ। दुवै टोली आजको खेलमा जित निकाल्दै सुपर सिक्समा विजयी सुरुवात गर्ने योजनामा हुनेछन्।
पछिल्लो पाँच भेटमा नेपाल ३ र युएई २ खेलमा विजयी भएको थियो । टी(२०आई वरियतामा युएई १६औँ स्थानमा छ भने नेपाल १८औँ स्थानमा छ।
सुपर सिक्समा नेपाल र युएईसँगै ओमान, जापान, कतार र सामोआ छन्। शीर्ष तीनमा रहने टोलीले विश्वकप खेल्नेछन् ।
प्रकाशित: २६ आश्विन २०८२ १५:४४ आइतबार





