आइसिसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत नेपालले सुपर सिक्सको दोस्रो खेलमा आज कतारसँग खेल्दै छ।
यो खेल नेपाली समयअनुसार आज साँझ ८:४५ बजे ओमानस्थित अल अमेरोत क्रिकेट स्टेडियमको ट्रफ १ मा हुनेछ।
यसअघि नेपालले सुपर सिक्सअन्तर्गतको पहिलो खेलमा युएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको थियो।
नेपालले सुपरसिक्स अन्तर्गतको तेस्रो खेल बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्ने छ।
प्रकाशित: २७ आश्विन २०८२ १०:३३ सोमबार



