१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

विश्वकप लिग-२ः नेपालद्वारा नेदरल्यान्ड्ससामु १५८ रनको सामान्य लक्ष्य

आइसिसी विश्वकप लिग २ मा नेपालले नेदरल्यान्ड्ससामु १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।  

घरेलु टोली नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमा अलआउट भएको हो। 

कमजोर ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। गुल्शन झा २९, दीपेन्द्र सिंह ऐरीले २१ रन बनाइको नेपालको इनिङ्समा ५ ब्याट्सम्यानले दोहारो अंकको स्कोर गर्न सकेनन्।  

नेपाललाई कम योगफलमा समेट्ने क्रममा एलेक्स रोए र रियोलोफ मोर्वेले समान ३ तथा लोगान भान विकले २ विकेट लिए।  

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। 

प्रकाशित: ७ श्रावण २०८३ १८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App