आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले लिग अप्रिल २५ देखि हुने बताएको छ। क्यानका अनुसार नेपालले पहिलो खेल युएईसँग खेल्नेछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।
यस्तै नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृंखला मे १२ देखि मे २२ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित: २४ चैत्र २०८२ १८:१९ मंगलबार





