१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

विश्वकप लिग २ : नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दै

आइसिसी विश्वकप लिग २ को जारी सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार अपराह्न पौने ३ बजे सुरु हुनेछ।  

आफ्नो पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएपछि नेपाल बाँकी खेलमा दबाबमा रहनेछ।

उपाधि होडबाट बाहिरिएपनि शीर्ष चारभित्र रहँदै विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपाललाई सिरिजका बाँकी खेल जित्नै पर्ने दबाब रहनेछ।

एकदिवसीय मान्यता बचाउन शीर्ष ६ मा रहनु पर्ने भएकाले पनि नेपाललाई यो सिरिज गर या मरको अवस्थामा हुनेछ।

पछिल्ला ५ खेलमा नेपाल ३ खेलमा विजयी भएको थियो भने नेदरल्यान्ड्सले २ खेलमा बाजी मारेको थियो। नेदरल्यान्ड्सले यो सिरिजमा आज आफ्नो पहिलो खेल खेल्न लागेको हो।

२८ खेलबाट ३२ अंक भएको डच टोली तालिकाको तेस्रो स्थानमा छ। उपाधि होड कायम राख्न नेदरल्यान्ड्सलाई पनि जित आवश्यक हुनेछ।

कुल ३६ खेल हुने प्रतियोगितामा अमेरिकाले ३२ खेलबाट अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलबाट ३८ अंक भएको स्कटल्यान्ड दोस्रोमा छ। २८ खेल खेलेको ओमान ३१ अंकमा चौथो स्थानमा छ।

नेपालसहित नामिबिया, क्यानडा र यूएई लिग २ को उपाधि होडबाट बाहिरिसकेका छन्।

प्रकाशित: ७ श्रावण २०८३ १३:१० बिहीबार