२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
खेल

विश्वकप लिग–२ : अमेरिकालाई जित्न नेपालले १९६ रन बनाउनुपर्ने

आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई जितको लागि १९६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनायो।

अमेरिकाको लागि स्मित पटेल र शेहान जयसुरियाले अर्धशतक प्रहार गरे। स्मितले ८९ बलमा ८ चौका र तीन छक्काको सहयोगमा सर्वाधिक ८३ रन बनाए।

यस्तै, शेहानले ५२ बलमा ५ चौका र एक छक्कासहित ५० रन जोडे। त्यसैगरी मिलिन्ड कुमारले ४१ बलमा २८ र हरमित सिंहले १४ रन थप्दा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालको लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। ७.३ ओभर बलिङ गरेका उनले जम्मा २४ रन खर्चेर ४ विकेट लिए।यस्तै, सोमपाल कामीले दुई तथा सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिए।

नेपालले अब केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ।

प्रकाशित: २ जेष्ठ २०८३ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App