भारतको मुम्बईको डी.वाई. पाटिल स्टेडियममा भएको आईसीसी महिला क्रिकेट विश्वकप २०२५ को लिग खेलमा भारतले न्युजिल्याण्डलाई ५३ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिले ब्याटिङ गर्दै भारतले ४९ ओभरमा तीन विकेट गुमाउँदै ३४० रन बनायो।
वर्षाका कारण खेल सुरुमा ४९/४९ ओभरमा घटाइएको थियो तर फेरि वर्षाका कारण ४४/४४ ओभरमा घटाइयो र न्युजिल्याण्डलाई ३२५ रनको नयाँ लक्ष्य मिल्यो।
लक्ष्य पछ्याउँदै न्युजिल्यान्डले ४४ ओभरमा आठ विकेट गुमाएर २७१ रन मात्र बनाउन सक्यो।
भारतका लागि स्मृति मन्धाना र प्रतिका रावलले शतक प्रहार गरे । प्रतिकाले १२२ र मन्धानाले १०९ रन बनाए भने जेमिमाह रोड्रिग्जले ७६ रन जोडिन्।
बलिङमा रेणुका सिंह ठाकुर र क्रान्ति गौरले दुई-दुई विकेट लिए।
यो जितसँगै हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोली अष्ट्रेलिया, इङ्गल्याण्ड र दक्षिण अफ्रिकापछि सेमिफाइनलमा पुग्ने चौथो टोली बनेको छ।
प्रकाशित: ७ कार्तिक २०८२ ०७:११ शुक्रबार





