महिला विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। अष्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग-यो । भारतको जितकी नायिका जेमिमा रहिन्, जसले १२७ रनको अविजित इनिङ खेलिन्।भारतकी कप्तान हरमनप्रीत कौरले पनि ८९ रनको उत्कृष्ट पारी खेलिन्।
यसअघि अष्ट्रेलियाली टोली ४९.५ ओभरमा ३३८ रन बनाएर अलआउट भएकी थिई। अष्ट्रेलियाका लागि फिबी लिचफिल्डले ९३ बलमा ११९ रनको शानदार पारी खेलिन्।
लिचफिल्डको पारीमा तीन छक्का र १७ चौका सामेल थिए। भारतका लागि श्री चरणी र दीप्ति शर्माले दुई–दुई विकेट लिए।
बुधबार खेलेको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका पहिले नै फाइनलमा पुगेको छ। एजेन्सी
प्रकाशित: १४ कार्तिक २०८२ ०६:३० शुक्रबार





