५ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

सुब्बाको कप्तानीमा इन्डोनेसिया उड्यो महिला राष्ट्रिय फुटबल टोली

इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ। कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे।

यही मंसिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेईको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी हुने छैनन्।

महासचिव राईले भने, ‘महिला फुटबललाई अघि बढाउन क्लबमा आधारित संरचनामा लग्यौं, परिणामस्वरूप अहिले हामीसँग १० वटा टोली छन्। हालैका केही अन्तरराष्ट्रिय खेलबाट हामी उत्कृष्ट नतिजा पाउन सक्छौं भन्ने देखिएको छ।’

टोलीका प्रमुख प्रशिक्षक नवीन नेउपानेले इन्जुरीका कारण साम्बाले खेल्न नपाए पनि बलियो टोलीसँगको खेलमा टोलीका अन्य सदस्यलाई प्रतिभा प्रस्तुत गर्ने मौका भएको बताए। टोलीकी कप्तान एञ्जिला सुब्बाले यसप्रकारका प्रतियोगिताले आफूहरूलाई सहयोग पुग्ने धारणा राखिन्।

प्रकाशित: ७ मंसिर २०८२ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App