३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

महिला च्यालेन्ज ट्रफी : नेपालले घरेलु टोली रुवाण्डासँग खेल्दै

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले मंगलबार घरेलु टोली रुवाण्डासँग प्रतिस्पर्धा गर्दैछ।

मंगलबार रुवान्डाको किगाली गहंगा क्रिकेट ओभलमा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा नेपालले हालम्म ५ खेल खेलेको छ। जसमा नेपालले इटाली र रुवान्डालाई हराएको छ भने अमेरिका र भानुआटुसँग पराजित भएको छ।

प्रतियोगितामा सबै टोलीले एक अर्कासँग दुईरदुई खेल खेल्नेछन्। अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।  प्रतियोगितामा आयोजक राष्ट्र रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआटु सहभागी छन्।

प्रकाशित: १५ वैशाख २०८३ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App