२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

को हुन् फुटबलका नवनियुक्त प्रशिक्षक गुग्लिएल्मो एरेना ?

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नयाँ प्रशिक्षक पाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले  बिहीबार स्विजरल्यान्ड्का गुग्लिएल्मो एरेनालाई पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। 

स्विजरल्यान्डको मोन्ट्रो सहरमा सन् १९७३ जन्मेका उनले अब एक वर्ष नेपाली राष्ट्रिय पुरुष टोलीको बागडोर सम्हाल्नेछन्। ५२ वर्षिय उनी स्विजरल्यान्ड्मा जन्मे पनि इटालीका नागरिक हुन्। 

उनले स्विजरल्यान्ड र इटाली दुवैबाट राष्ट्रिय टोलीका लागि खेलेका छैनन्। यसको मतलब उनी राष्ट्रिय खेलाडी होइनन्। तर, उनी क्लबमा आवद्ध भएर फुटबल खेलका थिए। फुटबल खेल्न सकेलगतै उनी  प्रशिक्षक तर्फ मोडिए। चर्चित क्लबमा आवद्ध नरहेका उनको खेलाडी जीवनमा हुँदा ठूलो उपलब्धी भने केही छैन। 

उनले खेलाडीको जीवनमा भन्दा प्रशिक्षकको जीवनमा उपलब्धी हाँसिल गरेका छन्। सन् २००३ देखि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आइरहेका उनी युइएफए प्रो लाइन्स प्राप्त प्रशिक्षक हुन्। 

उनले सिंगापुर, मोरोक्को, लाओस, ओृमान, यूएई लगायतका राष्ट्रहरुमा प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्। जसमा उनले लाओस यू( २३ पुरुष टोली र लाओस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी वहन गरेका छन्। 

यी राष्ट्रिय टोलीहरु सम्हलानुअघि उनले अफ्रिका ,यूरोप र मध्य एसियमा क्लबहरुमा जिम्मेवारी सम्हाल्दै आइरहेका थिए। आफनो खेलाडी जीवनमा ठूलो उपलब्धी हाँसिल गर्न नसकेका उनको प्रशिक्षक जीवन भने सफल नै देखिन्छ। 

उनले नेतृत्व गरेका लाओस यू( २३ टोली र राष्ट्रिय टोलीको लागि क्षेत्रीय प्रतियोगिताहरू, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा व्यवस्थापनमा अनुभव प्राप्त गर्दै, त्यहाँ रहेका युवा खेलाडीहलाई राष्ट्रिय टोलीमा ल्याउन सफल रहेका छन्। 

त्यस्तै, उनले प्रशिक्षण गरेको मोराक्को क्लब आरसी ओएद जेमलाई सन् २०१८( १९ मा मोरक्को शीर्ष डिभिजनमा प्रवेश गराउन सफल रहेका थिए। त्यस्तै, उनले  एटोइल एफसीलाई सिंगापुर प्रिमियर लिग च्याम्पियनकाने उपाधि दिलाएका थिए। 

सन् २००३ देखि प्रशिक्षको करिअरमा रहेका उनले हालसम्म लाओसको मात्र राष्ट्रिय टोली सम्हलेका छन्। नेपाली राष्ट्रिय टोलीको बागडोर सम्हाल्दा उनको लक्ष्य फिफा वरीयतामा नेपालको स्थान सुधार्नु, साफ च्याम्पियनसिप जित्ने लक्ष्य र एसियन एफसी छनोट खेलमा नेपाललाई छनोट गराउने हुनेछ। 

प्रकाशित: २९ फाल्गुन २०८२ १४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App