शारजाह क्रिकेट रंगशालामा नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक पहिलो ट-२० अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
यससँगै, नेपालले पहिले ब्याटिङको निम्तो पायो। ‘युनिटी कप’ अन्तर्गतको यो खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुनेछ।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोली विश्वविजेता वेस्ट इन्डिजसामु चुनौतीपूर्ण स्कोर खडा गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ।
नेपालले ट-२० क्रिकेटको दुई पटकको विश्व च्याम्पियन टोलीसँग पहिलो पटक खेल्न लागेको हो। यो शृंखलालाई आईसीसी टी-२० विश्वकप एसिया छनोटको महत्वपूर्ण तयारीका रूपमा लिइएको छ।
प्रकाशित: ११ आश्विन २०८२ १९:५६ शनिबार





