२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिज टोलीको घोषणा

फाइल तस्बिर

 नेपालविरुद्ध टी– २० सिरिज खेल्ने वेस्ट इन्डिज टोलीको घोषणा भएको छ। बुधबार बेलुका अकिल हुसेनको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो।  नेपाल र वेस्ट इन्डिजले युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशाल सेप्टेम्बर २७, २९ र ३० मा सिरिज खेल्ने छन्। वेस्ट इन्डिजले आफ्नो प्रमुख खेलाडीलाई यो सिरिजमा विश्राम दिएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले भने यसअघि नै रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषण गरिसकेको छ।  

यस्तो छ वेस्ट इन्डिज टोलीः अकिल हुसेन (कप्तान) फाबिन अलिन, ज्वेल एन्ड्र्यु, अकीम अगेस्ट, नवीन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिगर

प्रकाशित: २ आश्विन २०८२ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App