२३ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

पदकविजेता अर्पिललाई स्वागत

नेपाल बक्सिङ महासंघले थाइल्यान्डमा भएको एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदकविजेता अर्पिल रानासहितको टोलीको स्वागत गरेको छ।

नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका प्रमुख विष्णुबहादुर सिंह र महासंघका पदाधिकारी लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार स्वागत गरेका हुन्।

एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई मंगलबार स्वागत गरेको छ। बैंककमा अगस्ट १ देखि ११ तारिखसम्म भएको प्रतियोगिताको यु–२२ उमेरसमूहको पुरुष ५० केजी तौलसमूहमा अर्पिल रानाले कांस्य पदक जितेका थिए। 

प्रकाशित: २८ श्रावण २०८२ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App