१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

वडास्तरीय भलिबल पुस १५ देखि

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनमा पुस १५ देखि १८ गतेसम्म अन्तरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  

संघीय खेलकुद तथा साँस्कृतिक युवा क्लवको आयोजनामा हुने प्रतियोगिताका बिजेताले १ लाख २ हजार ८२ रुपैयाँ तथा उपबिजेताले ५१ हजार रुपैयाँ पुरस्कारका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने खेल संयोजक आइतराज थेबेले जानकारी दिए ।  

प्रतियोगितामा बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । सर्वोकृष्ट हुने खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक दिनको म्यान अफ द म्याच हुनेले नगद १ हजार पाउँदा अन्तिम दिनको खेलमा म्यान अफ द म्याच हुनेले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।  

उत्कृष्ट आउटसाइट हिटर,उत्कृष्ट अपोजिट हिटर,उत्कृष्ट स्पाइकर,उत्कृष्ट सेटर,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट सर्भर,उत्कृष्ट ब्लकर,उदयमान खेलाडी र उत्कृष्ट कोचलाई जनही नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । खेलको प्रवेश शुल्क ५ हजार १ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । 

प्रकाशित: ५ पुस २०८२ १९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App