२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

विद्यावाणीलाई अर्किड कप फुटबल उपाधि

विद्यावाणी पाठशालाले आइतबार १०औं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल स्कुलको मैदानमा भएको फाइनलमा विद्यावाणीले एकलव्य शिक्षा सदनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

विद्या विकास तेस्रो र निर्मल ज्योति चौथो भए। शीर्ष चार स्थानमा रहने टोलीलाई क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको अर्किडका संस्थापक प्रेमकुमार भुजेलले जनाएका छन्।

विद्यावाणीका एकेन्द्र बुढा उत्कृष्ट खेलाडी, विद्यावाणीकै श्रीयान भट्टराई उत्कृष्ट गोलरक्षक, विद्याविकासका अभिषेक कुमार उदीयमान खेलाडी र एकलव्यका नीरज मगर सर्वाधिक गोलकर्ता बने। एजिएमले अनुशासित टोलीको ट्रफी हात पार्‍यो।

प्रकाशित: ११ फाल्गुन २०८२ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App