२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

काष्ठमण्डपको जित

काष्ठमण्डप विद्यालयले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा जित निकालेको छ।

काष्ठमण्डपले सोमबार आयोजक मातृभूमिलाई १५–८ ले पराजित गर्‍यो। विजयी टिमका लागि अमानी रेग्मीले पाँच स्कोर गरिन्। गर्ल्समै बौद्ध चिल्ड्रेन हेभेनले डाफोडिललाई ३४–१४ तथा चेल्सी वर्ल्ड स्कुलले बौद्ध इन्टरनेसनल स्कुललाई २६–१० ले हराए।

बौद्धका ल्होमु र लकिसाले समान ८ तथा चेल्सीकी तेन्जिङले १२ अंक जोडे। ब्वाइजमा मातृभूमि ‘बी’ ले जेम्सलाई ४४–३३ ले हरायो। विजेताका कृतिन पौडेलले १८ अंक जोडे।

प्रकाशित: १ पुस २०८२ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App