२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
खेल

लिग-टू क्रिकेटमा अमेरिकाको शानदार प्रदर्शन, लगातार छैठौं जित

आईसिसी पुरुष क्रिकेट विश्वकप लिग-टूमा अमेरिकाले लगातार छैठौं जित निकालेको छ।  नेपाल र यूएईसँगको जारी सिरिजअन्तर्गतका आफ्ना चारै खेलमा जित निकाल्दै अमेरिकाले अपराजित यात्रालाई छैठौं खेलसम्म पुर्याएको हो।  गत मे २१ मा ओमानसँगको खेल हारेयता अमेरिकाले लिग-टूमा हार भोगेको छैन।  

उच्च फर्ममा रहेको अमेरिका आफ्नो छैठौं सिरिजपछि १८ खेलमा जित निकाल्दै ३६ अंकमा शीर्ष स्थानमा पुगेको छ। समान सिरिज खेलेको स्कटल्यान्ड ३० अंकमा दोस्रो र नेदरल्यान्ड्स २८ अंकमा तेस्रो स्थानमा छन्।  

यूएईमा जारी सिरिजको आफ्नो पहिलो खेलमा अक्टोबर २६ मा अमेरिकाले नेपाललाई १०६ रनले, दोस्रो खेलमा अक्टोबर २८ मा यूएईलाई ४ विकेटले, तेस्रो खेलमा नोभेम्बर १ मा नेपाललाई ४ विकेटले र अन्तिम खेलमा सोमबार यूएईलाई २४३ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।  

क्यानडा र ओमानसहभागी लिग टूको आफ्नो पाँचौ सिरिजमा पनि अमेरिकाले चारमध्ये तीन खेलमा जित निकालेको थियो । ८ टिम सहभागी जारी लिग टूमा अमेरिका नेदरल्यान्ण्ड्स, स्टकल्यान्ड र ओमानसँग मात्र पराजित छ। २४ खेल सकिँदा उसले ६ खेलमा मात्रै हार भोगेको छ ।  

जारी लिगमा नेपाल भने १९ खेलमा १२ अंकसहित तालिकाको सातौं स्थानमा छ । पाँचौ सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले बुधबार यूएईसँग खेल्नेछ। अघिल्लो पटक पछिल्ला खेलमा अप्रत्यासित नतिजासहित विश्वकप खेलेको नेपाल यो पटक पनि सोही लयको खोजीमा छ । यद्यपि बाँकी चार सिरिजका १६ खेलमा अब नेपाललाई कम्तीमा १० जित आवश्यक पर्नेछ । 

प्रकाशित: १७ कार्तिक २०८२ १८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App