२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

युएस ओपनः महिलातर्फको उपाधिका लागि सबलेन्का र आनिसिमोभाबीच खेल हुने

युएस ओपन टेनिसको उपाधिका लागि शीर्ष वरीयाताकी एरिना सबलेन्का र आठौं वरीयाताकी अमान्दा आनिसिमोभाबीच प्रतिस्पर्धा हुने भएको छ ।  

अमेरिकाकी जेसिका पेगुलालाई २-१ को सेटमा पराजित गर्दै बेलारुसकी सबलेन्का उपाधि नजिक पुगेकी हुन् । पहिलो सेट ४-६ ले पेगुलालाई सुम्पिएकी सबलेन्काले दोस्रो ६-३ र तेस्रो ६-४ ले आफ्नो पक्षमा पार्दै फाइलनमा स्थान बनाइन् ।  

अर्को खेलमा जापानकी नाओमी ओसाकामाथि संघर्षपूर्ण खेलमा २-१ ले पराजित गरिन् । २ घण्टा ५६ मिनेटसम्म चलेका खेलको पहिलो सेट ओसाकाले ७-६ (७-४) ले जितेकी थिइन् । दोस्रो सेटमा अमेरिकन आनिसिमोभाले ७-६ (७-३) र तेस्रो सेट ६-३ ले जित्दै पहिलो पटक युएस ओपनको फाइनलमा स्थान बनाइन् ।  

फाइनल भिडन्त शनिबार हुनेछ ।

प्रकाशित: २० भाद्र २०८२ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App