१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
खेल

उदयपुरमा भविष्यका ‘फुटबल स्टार’ को खोजी सुरु, १७ विद्यालय भिड्दै

उदयपुरका विद्यालय स्तरीय फुटबल प्रतिभाहरू पहिचान गर्ने उद्देश्यले ‘एन्फा यु–१४ अन्तरविद्यालय फुटबल छनोट प्रतियोगिता–०८२’ शनिबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा एन्फा उदयपुरले आयोजना गरेको प्रतियोगिता थरुहट उदयपुर रङ्गशालामा भदौ २९ गतेसम्म चल्नेछ। प्रतियोगितामा जिल्लाभरका १७ वटा विद्यालयले सहभागिता जनाएका छन्।

एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीका अनुसार, विद्यालय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

‘यस छनोट प्रतियोगिताको विजेता टोलीले प्रदेशस्तरीय प्रतियोगितामा उदयपुरको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ,’ उनले भने।

शनिबार भएको उद्घाटन खेलमा त्रियुगा नमुना माध्यमिक विद्यालय, गाईघाटले विजयी सुरुवात गरेको छ। निर्धारित समयको खेल बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा त्रियुगाले पुष्पाञ्जली इंग्लिस बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्‍यो।

प्रकाशित: २१ भाद्र २०८२ १९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App