११ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

यूईएफए नेसन्स लिग : इंग्ल्यान्ड पराजित, आज आठ खेल हुँदै

यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति भएका खेलमा इंग्ल्यान्ड स्पेनसँग ३-२ ले पराजित भएको छ। रोमाञ्चक खेलमा स्पेनले घरेलु मैदानबाहिर महत्वपूर्ण जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

शनिबारकै अर्को खेलमा क्रोएसियाले चेकियालाई २-१ ले पराजित गर्‍यो। स्विट्जरल्यान्डले नर्थ म्यासेडोनियामाथि ३-० को सहज जित निकाल्दा अल्बानियाले बेलारुसलाई २-० ले हरायो। स्लोभाकियाले मोल्डोभालाई २-० ले पराजित गरेको छ।

त्यस्तै, लक्जेम्बर्गले बुल्गेरियालाई २-१ ले हराउँदा आइसल्यान्डले इस्टोनियामाथि २-० को जित दर्ता गर्‍यो। स्लोभेनिया र स्कटल्यान्डबीचको खेल भने गोलरहित बराबरीमा सकियो। अर्को खेलमा फिनल्यान्डले सान मारिनोलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ।

यससँगै प्रतियोगितामा सहभागी टोलीहरूले सुरुवाती खेलबाट अंक जोड्ने प्रयास गरेका छन्। अब दोस्रो चरणका खेलअन्तर्गत आज आइतबार विभिन्न आठ खेल हुँदैछन्।

आज नेदरल्यान्ड्स र सर्बिया, डेनमार्क र वेल्स, जर्मनी र ग्रीस तथा नर्वे र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, अस्ट्रिया र कोसोभो, इजरायल र आयरल्यान्ड, लिथुआनिया र अजरबैजान तथा जिब्राल्टर र एन्डोराबीच पनि खेल हुनेछ।

आजका खेलमा जर्मनी र ग्रीस तथा नर्वे र पोर्चुगलबीचको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ। यस्तै, सर्बिया र नेदरल्यान्ड्स तथा डेनमार्क र वेल्सबीचको खेल पनि महत्वपूर्ण हुनेछ।

प्रकाशित: ११ आश्विन २०८३ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App