१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

यु–१९ महिला राष्ट्रिय क्रिकेट: बागमतीको पहिलो जित

यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दुई खेल हारेको बागमतीले पहिलो जित हात पार्दै हालसम्मकै सर्वाधिक स्कोर बनाएको छ । प्रतियोगिताको आफ्नो तेस्रो खेलमा कोशीविरुद्ध बागमतीले २३ रनको जित हात पार्‍यो । योसँगै बागमती दुई अंकका साथ तालिकाको पाँचौं स्थानमा उल्किएको छ ।  

कालुङचोक मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रनको योगफल खडा गरेको थियो । बागमतीका लागि ओपनर सेविकाकुमारी यादव र प्रथा श्रेष्ठले उत्कृष्ट साझेदारी गरे । दुबैले १४.३ ओभर क्रिजमा टिकेर पहिलो विकेटका लागि १२३ रनको बलियो साझेदारी गरे ।

११ चौकासहित ४७ बलमा ६६ रन जोडेकी सेविका टीका शाहीको बलमा शुभेक्षा लिम्बुबाट क्याच आउट भइन् ।  

त्यसको दुई ओभरपछि प्रथा पनि ४८ बल खेल्दै ११ चौकासहित ६१ रन जोडेर खिमकला घिमिरेबाट बोल्ड भइन ।

जवाफी ब्याटिङमा सम्हालिएको प्रदर्शन गरेको कोशीका प्रिन्सा राना मगरले ४१, टीका शाहले ३७ र पूर्णिमा राजवंशीले २० रन बनाए पनि अरु ब्याटर जम्न सकेनन् । अतिरिक्त पाएको ३३ रनको फाइदापनि उठाउन नसक्दा कोशीको इनिग्स १४६ मै  सीमित हुनपुग्यो ।

प्रकाशित: २५ जेष्ठ २०८३ १९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App