२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

यू-१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।

आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपाली टोलीका कप्तान अशोक धामीले टस जितेर यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेको नेपाल आजको खेल जितेर उपाधि उचाल्ने दाउमा छ।

नेपालले सेमिफाइनलमा मलेसियालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। यस्तै, यूएईले ओमानलाई सेमिफाइनलमा ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो।

नेपालको प्लेइङ–११:
अशोक धामी (कप्तान), निश्चल क्षेत्री, आशिष लोहार, दर्श सोनार, दयानन्द मण्डल, नितेश पटेल, चन्दन राम, रोशन विके, अपराजित पौडेल, वंश क्षेत्री र निरज यादव।

टिममा सुशील रावल, सिब्रिन श्रेष्ठ र दिलसाद अलीलाई बेन्चमा (बाहिर) राखिएको छ।

प्रकाशित: १५ मंसिर २०८२ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App