१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

यू-१९ एसिया कपः फाइनलमा भारतविरुद्ध पाकिस्तानको सनसनीपूर्ण जित

अन्डर १९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ। दुबईमा आइतबार भएको फाइनलमा भारतविरुद्ध १९१ रनको सनसनीपूर्ण जित निकाल्दै पाकिस्तानले उपाधिमाथि कब्जा गरेको हो।  

पाकिस्तानले दिएको ३४८ रनको उच्च लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउन भयो । ओपनर वैभभ सूर्यवंशीले विष्फोटक सुरुवात गरेपनि उनी २६ रनमा आउट भएपछि भारतको विकेट पतन सुरु भएको थियो। भारतले ६८ रन जोड्दा ५ विकेट गुमाएको थियो ।  दशौं ब्याटर दिपेश देवेन्दरले १६ बलमा ३६ रन बनाए पनि हार भने टार्न सकेनन्। 

भारतलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका लागि अली राजाले ४ तथा मोहमद श्याम, अब्दुल सुभन र हुजैफा आसनले समान २ विकेट लिए।  

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ३४७ रनको विशाल योगफल तयार पारेको थियो । ओपनर समिर मिनहासले विस्फोटक ब्याटिङ गर्दै १७२ रन बनाए। उनले बनाएको यो रन पाकिस्तानी यू १९ क्रिकेटरले बनाएको अहिलेसम्मकै सर्वाधिक स्कोर हो । ११३ बलको सामना गरेका उनले ९ छक्का र १७ चौका प्रहार गरे। अहमद हुसेनले ५६ र उस्मान खानले ३५ रन बनाए ।  

भारतका लागि दिपेश देवेन्द्रले सर्वाधिक ३ विकेट लिए। हेनिल पटेल र खिलाल पटेलले समान २ विकेट झारे । 

प्रकाशित: ६ पुस २०८२ १७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App