२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

एनपिएलमा आज दुई खेल: पोखरा र चितवनलाई जित्नै पर्ने बाध्यता

फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच हुँदैछ।

पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौंले भने छ खेलबाट आठ अंक जोडेको छ।

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

सुदूरपश्चिम १० अंकका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफका लागि जित्नै पर्ने बाध्यता छ।

प्रकाशित: १८ मंसिर २०८२ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App