१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

उसु विकासमा त्रिपक्षीय सम्झौता

चीनको सिचुवान प्रान्तको मिनयाङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट्स अर्गनाइजेसनबीच त्रिपक्षीय सम्झौता भएको छ।

उसु खेल विकास र विस्तारका गर्ने उद्देश्यले चीनको एक र नेपालका दुई खेल संस्थाबीच आगामी तीन वर्षका लागि सम्झौता भएको हो। सम्झौतापत्रमा मार्सल आर्ट्स अगनाइजेसनका अध्यक्ष राजीव महर्जन, सिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा मियाङ उसु संघका महासचिव ली छिङले हस्ताक्षर गरेका छन्। उसु खेल विकासमा दुवै पक्षले एकआपसमा सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ। उक्त कार्यक्रममा मियाङ नगरपालिकाका उपमेयर ली झिन र मियाङ उसु संघका उपाध्यक्षको उपस्थिति थियो।

सम्झौतापत्रमा उसु खेलको प्रवर्द्धन र विकास गर्ने उद्देश्यका साथ दुवै पक्षहरूले एकअर्काको देशमा उसु खेलको प्रशिक्षण गर्न/गराउन प्रत्येक वर्ष प्रतिनिधि पठाउने, उसु खेलको इतिहास, दर्शन, प्रशिक्षण विज्ञान र खेलकुद चिकित्सा जस्ता विषयहरूमा गहन छलफल गर्न दुवै पक्षका विज्ञहरू र विद्वान्हरूलाई बोलाउने र छोटो अवधिका लागि उसु शिक्षण गर्नेलगायत उल्लेख छ। साथै प्रशिक्षणका लागि उत्कृष्ट प्रशिक्षकहरूको आदानप्रदान गर्ने, दीर्घकालीन प्रशिक्षणका लागि आशाजनक खेलाडीहरू छनोट गरी प्रशिक्षण गराउन मियाङ उसु संघले व्यावसायिक प्रशिक्षण स्रोतहरू र प्राविधिक मार्गदर्शन प्रदान गर्ने उल्लेख गरिएको छ।

दुवै पक्षको प्रभाव बढाउन चीन–नेपाल मैत्रीपूर्ण उसु प्रतियोगिता र दुवै देशमा अन्तर्राष्ट्रिय उसु प्रतियोगिताहरू पालैपालो र संयुक्त रूपमा आयोजना गरिने भएको छ। दुवै पक्षद्वारा आयोजित महत्त्वपूर्ण प्रतियोगिताहरूमा भाग लिन टोलीहरू पठाउन सहयोग गर्नेुका साथै उक्त प्रतियोगिताका लागि आवश्यक उसु निर्णायक व्यवस्थापनमा समेत साझेदारी गर्ने सहमति भएको बताइएको छ। उसुलाई खेलको रूपमा मात्र नहेरी दुवै देशमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वव्यापी रूपमा उसुलाई आकर्षित गर्ने उल्लेख छ। महर्जनले सम्झौताले नेपालको उसु खेलको विकासमा कोसेढुङ्गाको रूपमा काम गर्ने र खेल पर्यटनको क्षेत्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २१ कार्तिक २०८२ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App