१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

टोप्स बास्केटबल सुरु

टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ।

पहिलो दिने ब्वाइजमा तेजस्वी एकेडेमी, बेलमोन्ट, वेद्व्यास, ल्यान्डमार्क एकेडेमी, गण्डकी, नवोदित, स्वर्णदीप र लालीगुराँस विद्याकुञ्जले जित निकाले। गर्ल्समा संस्कृति, तेजस्वी, ल्यान्डमार्क, ह्वाइट हेभेन र गण्डकीले सफलता पाए।

प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे। ल्यान्डमार्क एकेडेमीको संयोजनमा भइरहेको प्रतियोगिताको ब्वाइजमा १४ तथा गल्र्समा ८ टेली सहभागी छन्। प्रतियोगिता ल्यान्डमार्कमै भइरहेको छ।

प्रकाशित: २८ कार्तिक २०८२ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App