अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत नेपालले अहिले पाकिस्तानको सहिन्सविरुद्ध बलिङ गरिरहेको छ ।
डार्विनको मरार क्रिकेट मैदान २ मा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले दोस्रो ओभरमा दुई विकेट गुमाएको छ । नेपालका लागि दुवै विकेट दीपेन्द्र सिंह ऐरीले लिएका हुन् । माज सदाक्तलाई एक रनमा क्याप्टेन रोहित पौडेलबाट क्याच आउट गराएका दीपेन्द्रले मोहमद फइकलाई २ रनमा बोल्ड गरे ।
दुई ओभर बलिङ गरेका दीपेन्द्रले चार रन दिएर २ विकेट लिएका हुन् ।
चार ओभरको समाप्तिमा पाकिस्तानले २ विकेट गुमाएर १७ रन बनाएको छ ।
प्रकाशित: ६ भाद्र २०८२ १५:३६ शुक्रबार





