नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्जाइज टोली लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक टिनु योहान्नान नियुक्त भएका छन्।
लुम्बिनी उनलाई शुक्रबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। ४६ वर्षीय उनले रणजी ट्रफिमा विभिन्न टोलीलाई प्रशिक्षण दिएका छन्।
उनी सन् २०२० देखि २०२३ सम्म केरला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा आबद्ध थिए।
भारतीय राष्ट्रिय टोलीका तीव्र गतिका बलरसमेत रहेका उनले भारतको लागि समान तीन टेष्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा छन्।
दुवैमा उनले समान ५ -५ विकेट लिएका छन्। दोस्रो संस्करणको एनपीएल आगामी मसिंर १ देखि २७ गतेसम्म आयोजना हुँदैछ।
प्रकाशित: २१ कार्तिक २०८२ १४:३५ शुक्रबार





