इङ्लिस फुटबलको स्टार हम्जा चौधरी नेपालविरूद्ध हुने मैत्रीपूर्ण खेलका लागि नआउने भएका छन् ।
बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ) ले बुधबार २३ सदस्यीय राष्ट्रिय टोली घोषणाा गरेको छ । त्यसमा लेस्टर सिटीका स्टार हेम्जासहित विदेशी भूमिमा लिग खेल्दै आएका अधिकांश बंगाली फुटबलर समावेश छैनन् ।
इटालीमा फुटबल खेल्ने फहमिदुल इस्लाम, क्युबा मिचेल र शमित शोम जस्ता स्टार खेलाडी छैनन् । हेम्जा चोटका कारण इङ्लिस फुटबलको च्याम्पियनसिप बाहिर छन् । इस्लाम र क्युबा भने हाल बंगलादेशको यु-२३ टोलीमा समावेश छन् ।
यो टोली अहिले भियतनाममा एएफसी यु-२३ एसियन कप क्वालिफायर खेल्दै छ । बंगलादेशको टोली दुई मैत्रीपूर्ण फुटबल खेल्न आज राति ८ बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।
यो पनि पढ्नुहोस्
नेपालविरुद्ध खेल्ने बंगलादेशी टोलीको घोषणा
प्रकाशित: १८ भाद्र २०८२ १७:५३ बुधबार





