१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

दक्षिण एसियाली एथ्लेटिक्स च्याम्पियनसिप: नेपाललाई थप तीन पदक

नेपालले भारतमा जारी चौथो दक्षिण एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा आइतबार तीन दुई रजतसहित कुल तीन पदक जितेको छ।

भारतको राँचीमा जारी दक्षिण एसियाली सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा आइतबार सोमबहादुर कुमाल र राजन रोकायाले रजत पदक जितेका हुन्। सोमबहादुरले पुरुष आठ सय मिटर र राजनले १० हजार मिटर दौडमा नेपाललाई रजत पदक दिलाए।

१० हजार मिटर दौडमा नै नेपालकी सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जितिन्। अन्तिम चार सय मिटर बाँकी छँदासम्म सन्तोषीले अग्रता बनाएका थिइन् तर, श्रीलंकाकी धाविका मेथमी जयासूर्या र भारतकी धाविका रबिना गायकवार्डले अन्तिम दूरीमा सन्तोषीलाई पछि पारिन्। सन्तोषीले ३४ मिनेट ४७.७७ सेकेन्ड समय लगाइन्।

मेथमीले ३४ मिनेट ३९.९५ सेकेन्ड र रबिनाले ३४ मिनेट ४५.४७ सेकेन्डमा शीर्ष दुई स्थान प्राप्त गरे। जारी च्याम्पियनसिपमा सन्तोषीको यो दोस्रो कांस्य पदक हो। जारी च्याम्पियनसिपमा समग्रमा नेपालको यो छैटौ पदक हो। यसअघि सन्तोषी श्रेष्ठ, मुकेश पाल र चार गुणा चार सय मिटर मिक्स रिलेमा नेपालले पदक जितिसकेको छ।

आइतबार नै सोमबहादुरले एक मिनेट ५२.०३ सेकेन्ड समयमा निर्धारित दूरी पार गर्दै रजत पदक जिते। यस विधामा श्रीलंकाका हर्स एस करले स्वर्ण जिते। उनले एक मिनेट ५१.९६ सेकेन्ड समय निकाले। भारतका मोगाली वेनकाताराम तेस्रो भए।

उनले एक मिनेट ५२.३७ सेकेन्ड समयमा दूरी पार गरेका थिए। आइतबार राजनले १० मिटर दौडमा रजत जित्दा भारतका अभिशेकले स्वर्ण र प्रिन्स कुमारले कांस्य पदक जितेका थिए। राजनले ३० मिनेट ३९.१५ सेकेन्डमा दूरी पार गरे । अभिशेकले भने ३० मिनेट २९.४६ सेकेन्ड मात्र लगाए।

नेपालले यसअघि चार गुणा चार सय मिटर मिक्स रिलेमा जितेको थियो। नेपालको यो पहिलो अन्तर्राष्ट्रिय पदक पनि हो। सोमबहादुरसहित रामप्रसाद थारु, जयरानी थारु र रमिताकुमारी थारुले उक्त सफलता दिलाएका हुन्। उनीहरूले तीन मिनेट ३७.१६ सेकेन्डको समय निकालेका थिए। यस विधामा भारतले स्वर्ण जित्यो । भारतले तीन मिनेट २०.१३ सेकेन्ड समय लगायो।

श्रीलंकाले तीन मिनेट २०.८५ सेकेन्डसहित रजत पदक जित्यो। यस च्याम्पियनसिपमा सन्तोषीले महिला पाँच हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जितेकी थिइन्। सन्तोषीले पदकसहित कान्छिमाया कोजुको नाममा रहेको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानसमेत तोडेकी थिइन्। उनले १६ मिनेट ३६ः६१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

कान्छिमायाले भने सन् २०१० मा चीनमा ग्वाङ्झाउमा सम्पन्न एसियन गेम्समा १६ मिनेट ४९.९८ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। तर, सन्तोषीले गत कात्तिक ७ गते भारतमा तोडिन्। सन्तोषीकै विधामा पुरुषतर्पm नेपालकै मुकेश पालले मिटर दौडमा पनि कांस्य पदक जितेका थिए।

प्रकाशित: १० कार्तिक २०८२ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App